प्रतिवेदन र विधान मस्यौदाको सामुहिक छलफलको निष्कर्ष सुनाइँदै


१४ पुष २०७८, बुधबार
abalokan prachanda4.jpg .2021 12 28

काठमाडौं । काठमाडौं कमलादीस्थित प्रज्ञाभवनमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनअन्तर्गत विभिन्न समूहका टोली नेताले राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि तयार पारिएको धारणा सुनाउँदै छन् ।

समूहगत छलफल सकिएपछि बुधबार दिउँसो १ बजे प्रज्ञाभवनमा टोलि नेताहरुले निष्कर्ष सुनाउने माओवादी केन्द्रले जानकारी दिएको छ । अधिकांश समूहको छलफल सकिए पनि केही समूहको बाँकी रहेकाले आज १२ बजेसम्मका लागि समय थप गरिएको थियो । महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधान मस्यौदाथि छलफल गर्न पदाधिकारीहरुको विभिन्न २५ वटा समूह तोकिएको थियो । ती प्रत्येक समूहले राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथिको निष्कर्ष सुनाउन लागेका हुन् ।

त्यसका लागि प्रत्येक समूहलाई २० देखि २५ मिनेट समय छुट्याइएको छ । बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन र अर्का नेता देव गुरुङले विधान मस्यौदा खाका प्रस्तुत गरेका थिए । माओवादी केन्द्रको आठौं महाधिवेशन सोमबारदेखि शुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७