‘मेलम्चीको पानी छिट्टै राजधानी पुर्‍याइन्छ’


१४ पुष २०७८, बुधबार
melamchi

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्व प्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको सुनाए । अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौँ ल्याउन लागिपरेको मन्त्री चौधरीले सुनाए । यसअघि पानी राजधानी आइपुगेका बेला पूर्व प्रधानमन्त्रीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नाम समेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको उनले बताए ।

पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्दै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्वपूणर् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। पार्टीका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्याग गरी युवा पुस्तालाई अघि बढाउन भूमिका खेलेको उनको भनाई थियो ।

पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्वपूणर् बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७