पदाधिकारी चयन लोकतान्त्रिक विधिबाट गर्छौ : प्रचण्ड


१४ पुष २०७८, बुधबार
prachanda 1 1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी चयन प्रक्रिया लोकतान्त्रिक रुपमै हुने बताएका छन् ।

तर, उनले लोकतान्त्रिक प्रक्रिया भनेको कसरी हो भन्ने खुलाएका छैनन् । काठमाडौंमा जारी आठौं महाधिवेशनको बन्द सत्रको तेस्रो दिन सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘नेतृत्व चयन प्रक्रिया राम्रोसँग लोकतान्त्रिक तरिकाले अघि बढ्छ ।’

प्रचण्डले सोमबार बन्दसत्रमा पेश गरेको प्रतिवेदनमाथिको समूहगत छलफल जारी छ । आज बुधबार ११ समूहले आफ्ना समूहको निष्कर्ष प्रस्तुत गरेका छन् । भोलि बाँकी समूहको निणर्य प्रस्तुत गर्ने कार्यक्रम छ । समूहगत छलफलका क्रममा हलबाटै पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ । माओवादीको आठौं राष्ट्रिय सम्मेलन आइतबारदेखि राजधानीमा जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७