धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निणर्य कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


१५ पुष २०७८, बिहीबार
DhananJaya Regmi1639757048

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निणर्य तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बुधबार रेग्मीलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बन गर्ने निणर्य कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते बोलाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा २ पुसमा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई निलम्बन गर्ने निणर्य गरेको थियो । मन्त्रालयको उक्त निणर्य विरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सोही रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतको उक्त दिएको हो ।

विदेश भ्रमणबाट नेपाल फर्किदा रेग्मीले त्रिभुवन विमानस्थलको अध्यागमन विभागका कर्मचारीलाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि मन्त्रालयले उनलाई निलम्बन गर्ने निणर्य गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७