भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका चार जना मृत फेला, तीन जना वेहोस


१५ पुष २०७८, बिहीबार
veri

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा चार जना मृत भेटिएका छन् । गए राति खाना खाएर सुतेका सातमध्ये चार जना मृत भेटिएका हुन् । बेहोस् रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

मेडिकल स्टोरको कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका कालिकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवश भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । चिसो बढेकाले उनीहरु बेलुका कोइला बालेर सुतेको र निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७