भारतमा फेरि बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए १३ हजार बढी नयाँ संक्रमित


१५ पुष २०७८, बिहीबार
india corona 3kelki6sO2

नयाँदिल्ली । भारतमा पुनः कोभिड-१९ को संक्रमण बढ्न थालेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १३ हजार १५४ नयाँ संक्रमित थपिएका छन् ।

यसअघि बुधबार पनि कोरोनाका नयाँ संक्रमितको संख्या ४४ प्रतिशतले बढेको थियो । पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै संक्रमण पनि उल्लेख्य मात्रामा बढेको हो । भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टसहितका संक्रमितको संख्या ९६१ पुगेको छ । दिल्लीमा ओमिक्रोन भेरियन्टसहितका २६३ संक्रमित भेटिएका छन् ।

महाराष्ट्रमा ओमिक्रोनका २५२ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्यामा सबैभन्दा धेरै वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७