बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड शीर्ष ६ मा


१६ पुष २०७८, शुक्रबार
man united zzlHlcuH7H

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गए राति भएको खेलमा बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड अङ्क तालिकाको शीर्ष ६ मा पुगेको छ ।

म्यानचेस्टर युनाइटेडले पहिलो हाफ अघि नै तीन गोल गर्‍यो । खेलको आठौं मिनेटमा एमसी टोमिनीले गोल गर्दै अग्रता दिलाए । यस्तै २७ औं मिनेटमा देरमोट मी र खेलको ३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

बर्नलीका लागि आरोन लेननले खेलको ३८ औं मिनेटमा गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड ३१ अङ्कसहित छैटौं स्थानमा छ भने ११ अङ्क रहेको बर्नली अङ्क तालिकामा १८ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७