जहाज खरिदमा अनियमिता भेटिए झुण्डिन तयार छु : मन्त्री आले


१६ पुष २०७८, शुक्रबार
prem aale
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिदमा अनियमितता भएमा आफू झुण्डिन तयार रहेको बताएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले कुनैपनि प्रकारको कमिसनको खेल नगर्ने बताए । उनले जहाज खरिद गर्ने योजना छिटोभन्दा छिटो ल्याउनका लागि नेपाल वायु सेवा निगमलाई निर्देशन दिइसकेको बताए ।

उनले ग्राउण्डेड भएको जहाजहरुलाई मर्मत गरेर उडाउनका लागि पनि निर्देशन दिएको जानकारी गराए । आफूले निगमका अध्यक्षलाई १५ वटा जहाज खरिदका लागि निर्देशन दिएको आलेले बताए । उनले व्यवसायीहरुलाई छिटोभन्दा छिटो बिजनेश प्लान ल्याउन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७