इङ्लिस प्रिमियर लिग : टोटेनह्याम र वेस्ट ह्याम विजयी


१८ पुष २०७८, आईतवार
totenham icPfMX2WFK

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १-० गोलले हराएको हो ।

खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले गरेको गोल नै निर्णायक भयो । जितसँगै टोटेनह्यामको १८ खेलमा ३३ अङ्क भएको छ । अङ्कतालिकामा टोटेनह्याम छैटौं स्थानमा छ । वाट्फोर्ड १३ अङ्कका साथ १७ औं स्थानमा छ ।

अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३-२ गोलले हरायो । जितसँगै वेस्ट ह्याम अङ्कतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसको २० खेलमा ३४ अङ्क छ । क्रिस्टल प्यालेस समान खेलमा २३ अङ्कका साथ ११ औं स्थानमा छ ।

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । हिजो भएको खेलमा सिटीले आर्सनललाई २-१ ले हरायो । जितसँगै सिटीको ५३ अङ्क भएको छ । आर्सनल ३५ अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७