निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षण


१९ पुष २०७८, सोमबार
nirmala pant A8VwOYBMfo

कञ्चनपुर । निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले साढे तीन वर्षपछि एक भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् । प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको थियो । अलि थरका ती युवालाई प्रहरीले पहिलेदेखि नै खोजी जारी राखेको जनाएको छ ।

उनी पनि एक शंकास्पद हुन् । पक्राउ परेका उनको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ । यसअघि विभिन्न व्यक्तिको बयानका आधारमा ती युवा निर्मलासँग नजिक रहेको र कहिलेकाहिँ जिस्क्याउने गरेको पाइएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

‘अलि पहिलेदेखि नै हाम्रो शंकाको घेरामा थिए’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘घटना लगत्तै उनी भारत गएका थिए । अहिले नेपाल आएपछि हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं, अनुसन्धान जारी छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७