चिसो बढेपछि रौतहटका विद्यालय एक साताको लागि बन्द


२१ पुष २०७८, बुधबार
mechi aadharbhut Schooljhapa 20190310010907

रौतहट । अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय जान समस्या भएपछि रौतहटका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् ।
विगत एक सातादेखि भइरहेको शीतलहरका कारण विद्यालय आउने विद्यार्थीको संख्यामा कमी हुन थालेपछि स्थानीय तहहरूले सूचना निकालेर धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । अहिलेसम्म रौतहटका ६ वटा नगरपालिकाले जाडो बिदा दिइसकेका छन्।

कटहरिया, बौधीमाई, ईशनाथ, बृन्दावन, देवाही गोनाही र परोहा नगरपालिकाले सबै विद्यालय बन्द गर्ने निणर्य गरेका हुन् । सोमबार वृन्दावन र कटहरिया नगरपालिकाले नगर क्षेत्रका विद्यालय बन्द गर्ने निणर्य गरेको थियो । अबको एकसाता विद्यालय बन्द गर्ने निणर्य भएको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए ।

यसअघि नै ईशनाथ र बौधीमाई नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निणर्य गरेका थिए।कटहरिया नगरपालिकाले पनि पुस २५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी दिए । चिसो बढेपछि पर्सा जिल्लाका पनि केही विद्यालय एक साताको लागि बन्द गरिएका छन् । तर, सर्लाही, महोत्तरी, धनुषासहितका जिल्लाका स्थानीय तहले भने विद्यालय बन्द गर्ने निणर्य गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७