बिम्स्टेकका महासचिवले भेटे प्रधानमन्त्री देउवालाई, पाँचौं शिखर सम्मेलन मार्च ३० मा गर्न प्रस्ताव


२१ पुष २०७८, बुधबार
deuba bimstake 20220105075421

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलबीच भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलबीच शिष्टाचार भेटवार्ता भएको हो ।

उनीहरुबीच बिमस्टेक र नेपालले आगामी कोलम्बो सम्मेलनको विषयमा चर्चा भएको छ । भेटमा महासचिव लेकफेलले नेपालले बिमस्टेक प्रक्रियालाई अगाडि बढाउन पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । महासचिव लेकफेलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

deuba Bimstec 20220105075510

आर्थिक र प्राविधिक क्षेत्रमा क्षेत्रीय सहयोग जुटाउने र सहकार्य गर्ने उद्देश्यले स्थापित भएको संगठन हो । चौथो शिखर सम्मेलन नेपालमा भएको थियो । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७