कोरोना बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित


२२ पुष २०७८, बिहीबार
deuwa 3

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित हुने भएको छ । स्रोतका अनुसार भारतमा बढ्दो कोरोना संक्रमणका कारण प्रधानमन्त्रीले भाग लिने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गर्न लागिएको हो । भारतमा कोरोनाको तेस्रो लहर तीब्र बनेका कारण देउवाको भ्रमण स्थगित हुन पुगेको हो । भ्रमण स्थगित गर्ने औपचारिक निणर्य भने हुन बाँकी छ ।

देउवा यही पुस २५ गते भारत जाने तयारी थिए । देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएसँगै अब तत्काललाई दिल्ली यात्रा रोकिएको हो । गुजरातमा कोभिड-१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएसँगै प्रधानमन्त्री भारत भ्रमणमा नजाने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

ओमिक्रोन र कोरोनाको अर्को लहर आउन थालेपछि भाइब्रेन्ट गुजरात समिट स्थगित भएको खबर आएको छ’, देउवाले भने, ‘यससँगै तत्काललाई प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित गर्ने निणर्य भएको छ ।’

गुजरात सम्मेलन जनवरी १० देखि १२ सम्म चल्ने तालिका थियो । यसको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने योजना थियो । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले पछिल्लो एक सातामा गुजरातमा कोरोना संक्रमणको अवस्थाबाट अध्ययन गर्दै उक्त सम्मेलन स्थगित गर्ने निणर्य गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७