सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आनाकानी गर्ने प्रवृत्ति अस्वीकार्य : मन्त्री श्रेष्ठ


२२ पुष २०७८, बिहीबार
Shram1641467098 scaled

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै प्रतिष्ठान र श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरेका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौँ श्रम संसदलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सरकारले सामाजिक सुरक्षाको छाताभित्र अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेट्ने योजना अघि बढाएको बताए ।

‘अब सबै प्रतिष्ठान र श्रमिकहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आवश्यक छ’, उनले भने, ‘यसमा सबै श्रमिक र रोजगारदाताहरूको सहयोग र अग्रसरताको अपेक्षा सरकारले गरेको छ ।’ अहिले श्रम कानुन कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर पूरा गर्नुपर्ने दायित्वबाट पन्छिने प्रवृति पनि देखिन थालेको मन्त्री श्रेष्ठले बताए ।

श्रम ऐनको लचकताबाट लाभ लिने अर्थात रोजगारीबाट हटाउने विषय लागु गर्ने तर सामाजिक सुरक्षा कोषमा सुचिकृत हुने विषयमा आनाकानी गर्ने प्रवृति अस्वीकार्य रहेको उनले बताए ।

सरकारले आन्तरिक रोजगारी सिर्जना गर्ने र बाध्यकारी वैदेशिक रोजगारीलाई हटाउने गरी अघि बढेको दाबी उनले गरे । श्रम प्रशासनलाई प्रभावकारी बनाउने, श्रम अडिट, कारखाना निरीक्षण, सेवा प्रवाहमा सरलता ल्याउने कुरामा पनि प्रभावकारी रूपमा काम अघि बढाएको भन्दै उनले श्रम तथा रोजगार कार्यालयलाई स्रोत साधनको कमी हुन नदिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७