ग्लोबल आइएमई बैंकले किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर


२२ पुष २०७८, बिहीबार
IMG 3677 2 1 scaled

काठमाडौं, २२ पुस । ग्लोबल आइएमई बैंकले विभिन्न संस्था र स्थानीय तहसँग किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आरएण्डडी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवम् व्यावसायिक कृषि उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० रत्नराज बज्राचार्य, आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिकी सीईओ सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयर प्राकिा निर्देशक सविन मानन्धरले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले आरएण्डडी इनोभेटिभ सोलुसन प्रालि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषकहरूलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ । नगरपालिका र सोलुसनले कृषक पहिचान तथा कृषकहरूलाई आवश्यक तालिम प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कजाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार व्याज अनुदान प्रदान गरिनेछ । कृषि सामग्री बिक्रेता दर्ता गर्ने (डेटाबेस व्यवस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयर प्रालिले गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७