नारायणहिटी संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको रेष्टुरेन्टको संरचना भत्काइयो


२३ पुष २०७८, शुक्रबार
narayanhiti resturant 5 1024x683 1 1

काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा बतास समूहले रेष्टुरेन्टका लागि निर्माण भएका संरचना भत्काइएको छ । सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरे लगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो ।

बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले काम सुरु गर्नुअघि नै संग्रहालयका कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना भत्काइएको छ ।
आफूले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रेष्टुराँ परिसरमा बनेको थप संरचना भत्काउन पत्राचार गरेको बताउँदै कार्यकारी निर्देशक दाहालले थप संरचना भत्काउन लगाएका हुन् ।

२०६६ सालमै नारायणहिटी परिसरमा बनेको रातो घरलाई २०७६ साल माघमा बतास समूहलाई कफीसप सञ्चालान गर्न अनुमति दिएको थियोे । नारायणहिटीको जग्गा अधिग्रहण गरी बतास समूहले जथाभावी संरचना निर्माण गरेपछि विवाद भएको हो । पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निणर्य प्रक्रियाका बारेमा समितिले छानबिन गर्नेछ । संग्रहालयभित्र निर्माण गर्न लागिएको रेष्टुराँका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७