विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भङ्ग, रविन्द्र मिश्रसँग सम्बन्धविच्छेदको घोषणा


२४ पुष २०७८, शनिबार
rabindra

काठमाडौं । विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भङ्ग भएको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तर्राष्ट्रिय समिति भङ्गगर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।

‘विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत् समूहसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौं । तथापि, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भङ्ग भएको घोषणा गर्दछु’, भट्टको विज्ञप्तिमा भनिएको छ ।

उनले पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरि नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न समेत मिश्रलाई सचेत गराएका छन् । पार्टीलाई अस्वाभाविक हिसावले व्यवस्था विरोधी, संविधान विरोधी, परिवर्तन विरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रुपमा चित्रित गर्ने काम रवीन्द्र मिश्रबाट भएको आरोप लगाउँदै समितिले विरोध गरेको छ ।

विवेकशील पार्टीमा पछिल्लो समय वैचारिक मतभिन्नता आउँदा चर्को अन्तरविरोध रहेको छ। मिश्रको संघीयता र गणतन्त्र विरोधी डकुमेन्ट पास भएपनि मिलन पाण्डे समूहले विरोध गर्दै आएको थियो । यही विवादका बीच मिश्र समूहले पाण्डेलाई निष्काशनको घोषणा गरेको थियो । हाल मिश्रले राप्रपासँग एकीकरण वार्ता थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७