साउदी अरेवियाकी राजकुमारी तीन वर्षपछि जेलबाट रिहा


२५ पुष २०७८, आईतवार
SaudiPrincess 20220109065506

काठमाडौं । साउदी अरेवियाकी राजकुमारी बसमा सौद जेलबाट रिहा भएकी छिन् । बिना कारण जेल परेकी उनी झण्डै तीन वर्षपछि रिहा भएकी हुन् ।

राजकुमारी सौद सन् २०१९ मार्चमा पक्राउ परेकी थिइन् । चिकिस्ता उपचारका लागि साउदीबाट स्विजरल्याण्ड उड्न लागेको बेला पक्राउ परेकी राजकुमारीलाई बिना अपराध उच्च सुरक्षासहितको जेलमा थुनिएको समर्थकहरुले बताएका छन् ।

यद्यपि कतिपयले संवैधानिक सुधार र मानविय सहायताको मुद्धामा राजकुमारी जेल परेको हुन सक्ने अनुमान गरेका छन् । ५७ वर्षीया राजकुमारी बसमाले गएको अप्रिलमा साउदीका राजा सलमान र क्राउन राजकुमार मोहम्मेद विन सलमानसमक्ष आफूले कुनै अपराध नगरेको भन्दै जेलबाट रिहा हुन माफी मागेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७