भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति नेकपा एसको आपत्ति


२६ पुष २०७८, सोमबार
jhalanath khanal

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीले लिपुलेकबाट मानसरोवर जाने सडक विस्तार भइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

समाजवादी पार्टीका विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक नेपाली भूमि भएको र सो क्षेत्रमा गरिने निर्माणका बारेमा नेपाल सरकारको जानकारी बेगर सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ।’

सो पार्टीले लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको कामलाई रोक्न माग गरेको छ । भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिव्वतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका थिए ।

NCP US jhalanath khanal 20220110103747

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७