इङलिस प्रिमियर लिग : वेस्टह्यामले नर्विच सिटीलाई हरायो


२९ पुष २०७८, बिहीबार
westham qIlF5wNIPS

काठमाडौं । इङलिस प्रिमियर लिगमा वेस्टह्यामले नर्विच सिटीलाई हराएको छ । आज बिहान भएको खेलमा वेस्टह्यामले नर्विचलाई २-० गोलले पराजित गरेको हो ।

वेस्टह्यामका लागि दुई वटै गोल जारोड बोवेनले गरे । उनले खेलको ४२ औं र ८३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै वेस्टह्यामको २१ खेलमा ३७ अङ्क भएको छ । वेस्टह्याम अङ्कतालिकाको चौथो स्थानमा छ । २० खेलमा १० अङ्क रहेको नर्विच सिटी पुछारमा छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी २१ खेलमा ५३ अङ्कका साथ शीर्षस्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७