दुई जनालाई आइएमई फाउन्डेसनको छात्रवृत्ति


२९ पुष २०७८, बिहीबार
IME1642056088

काठमाडौं, २९ पुस । जिएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनकुनै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ। आइएमई फाउन्डेसनकाअनुसार सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त छात्रवृत्ति प्रदान गरिने भएको हो।

इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण पुस २८ गतेदेखि माघ २७ गतेसम्ममा पानीपोखरीस्थित आइएमई फाउन्डेसनको कार्यालय अथवा [email protected] मार्फत बुझाएर छात्रवृत्तिको लागि दरखास्त आह्वान गर्न सक्नेछन्।

जम्मा दुई जनालाई प्रदान गरिने उक्त छात्रवृत्ति अन्तर्गत प्रति व्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ। सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।

कोरियामा अध्ययनरत रहँदा जिएमई कोरियामा स(शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययन पछि कम्तीमा दुई वर्ष जिएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ। योबाहेक अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र(छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहेको संस्थाले जानकारी गराएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७