जहाँ फाराम भरेको भोलिपल्टै सवारी लाइसेन्सको पालो आउँछ


४ माघ २०७८, मंगलवार
Trail Test for Getting Motorcycle Driving License 2015

उदयपुर , ४ माघ । देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि धेरै समय समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोलीपल्ट नै पालो आउने गरेको छ ।

उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए । यहाँ सेवा भर्खरै सुरू भएकोले कतिपयले थाहा नपाएर अनलाईन फारम भर्नेको चाप कम रहेको छ । जसका कारण छिटो पालो आएको उनले बताए ।

सङ्ख्यात्मक रूपमा मोटरसाइकलका लागि फारम भर्नेको सङ्ख्या बढि रहेकोले दुई महिनासम्म लाग्ने गरेको छ । “चारपाङ्ग्रे र स्कुटरको अनलाईन फारम भरेको भोलिपल्ट नै पालो हुन्छ,” कार्यालय प्रमुख कार्कीले भने, “मोटरसाइकलको भने विस्तारै समय लम्बिदै गएको छ ।

अहिले मोटरसाइकलको दुई महिना लाग्न थालेको छ ।”उदयपुरमा छिटो हुने भएपछि टाढा–टाढाबाट समेत आउने गरेका छन् । गत कात्तिक २८ देखि कार्यालयले उदयपुरमा सुरू गरेको सवारी अनुमतिपत्रको परीक्षा प्रक्रियाले सर्वसाधारणलाई प्रभावकारी सेवा दिइरहेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७