स्थानीय निर्वाचन सार्ने विषयमा देउवा आफैं अलमलमा


७ माघ २०७८, शुक्रबार
deuwa 3

काठमाडौं, ७ माघ । सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिक सहमति जुटे वैशाखरजेठमा संसदीय र नजुटे स्थानीय तहको चुनावमा जाने समझदारी गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार तेस्रो विकल्पका रूपमा तीनवटै चुनाव एकै पटक गर्ने विषयमा समेत छलफल भएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

चुनावबारे थप छलफलका लागि गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक शुक्रबार बोलाइएको छ । ‘बैठकमा सबैका विचार आउँछन् । त्यसपछि एउटा निष्कर्षमा पुग्छौं,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।

गत मंगलबार समन्वय समिति बैठकमा माओवादी अध्यक्ष दाहालले वैशाखरजेठमा संघीय र कात्तिकरमंसिरमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव गरेका थिए । यही विषयमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बिहीबार बालुवाटारमा छलफल भएको हो । गठबन्धनमै रहेका दलहरूभित्र भने दाहालको प्रस्तावमाथि पर्याप्त छलफल भएको छैन । कतिपयले स्थानीय चुनाव धकेल्न लागेको भनेर दाहालको आलोचना गरिरहेका छन् । चुनावको मितिबारे दाहालको प्रस्तावलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालको भने समर्थन देखिएको छ ।

स्थानीय चुनाव वैशाखमा गराउन निर्वाचन आयोगले लगातार सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराइरहेका बेला दाहालले कात्तिकरमंसिरको प्रस्ताव गरेका हुन् । प्रतिनिधिसभा पूरा कार्यकाल रहनुपर्नेमा सत्ता गठबन्धनले जोड दिइरहेका बेला सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाखरजेठमा नै किन संघीय चुनाव चाहेका छन् त रु निकट नेताहरूका अनुसार मूलतः गठबन्धन सुनिश्चित गर्ने रणनीतिक कदमका रूपमा उनले अगाडि संघीय चुनाव गराउने प्रस्ताव गरेका हुन् ।

संघीय चुनाव घोषणा भए एमसीसी सम्झौतालाई तत्कालका लागि पन्छाउन सकिने पनि उनको बुझाइ छ । यस्तै बुझाइ एकीकृत समाजवादीका अध्यक्ष नेपालको पनि छ । ‘संविधान र स्थानीय निर्वाचन ऐनअनुसार नै स्थानीय चुनाव हुनुपर्छ र हुन्छ भन्नेमा अध्यक्ष दाहाल ढुक्क हुनुहुन्छ । तर संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बचाउनुपर्ने दायित्व पनि हामीबीच छ,’ दाहालनिकट एक नेताले भने ।

‘संसद् चल्न नदिने हो भने भंग गर्दिने र चुनावमा जाने’ स् नेपाल
सत्ता गठबन्धनको चौथो शक्ति जसपा पनि दाहालको प्रस्तावमा नकारात्मक देखिँदैन । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संवैधानिक व्यवधान नभए पहिला संघीय निर्वाचन र पछि स्थानीय निर्वाचन गर्दा सुल्टो हुने प्रतिक्रिया दिएका छन् । सरकारको नेतृत्व गरेको गठबन्धनको पहिलो दल कांग्रेसमा पहिला संघीय कि स्थानीय निर्वाचन गर्ने भन्नेमा साझा धारणा बनेको छैन । कांग्रेसभित्र चुनावी गठबन्धनप्रति पनि एकमत छैन ।

‘प्रचण्डजीले राखेको प्रस्ताव गठबन्धनकै हितमा हुन्छ भन्ने हाम्रो बुझाइ छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘संविधान र लोकतन्त्रको रक्षा अहिले पनि उत्तिकै महत्त्वपूर्ण प्रश्न हो । प्रतिगमनकारी शक्तिले संसद्लाई बन्धक बनाएका छन् । यी सबै चिर्ने एउटा विकल्प वैशाखरजेठमा संघीय चुनाव हुन सक्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने एमालेले संसद् चल्न नदिने हो भने भंग गरेर चुनावमा जानुको उपाय नै नरहेको बताए । ‘केपी ओलीले पहिला पनि दुई पटक संसद्को हत्या गरेकै हुन् । अहिले संसद्लाई बेकामे बनाएका छन् । उनलाई नै संसद् चाहिएको छैन । यस्तो प्रमुख प्रतिपक्ष देशलाई घाँडो भयो,’ उनले भने ।

स्रोतका अनुसार पहिला संघीय चुनावको प्रस्ताव गरे पनि दाहालले यसैमा अडान लिने नीति भने बनाएका छैनन् । मूलतः कांग्रेस सहमत भए वैशाखरजेठमा संघीय चुनावमा जान सकिने दाहालको विश्लेषण छ । गठबन्धनमा संघीय चुनावलाई लिएर सहमति जुटेन भने स्थानीय तहकै निर्वाचनमा अगाडि बढ्नुपर्ने दाहालको भनाइ छ । ‘यो एउटा प्रस्ताव हो, गठबन्धनमा सहमति भएन भने स्थानीय चुनावमा जान्छौं,’ दाहालनिकट अर्का एक नेताले भने । वैशाखरजेठमै संघीय चुनाव गराउँदा कार्यकाल छँदै प्रतिनिधिसभा विघटन गर्नुपर्छ । त्यसैले यो कदम संविधान र सर्वोच्च अदालतको फैसलाविपरीत हुने तर्क कतिपयले गरिरहेका छन् । दाहालले भने संसद्बाटै संकल्प प्रस्ताव पारित गरेर अदालतको फैसलाको सम्मान गर्दै चुनावमा जान सम्भव रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७