उत्तर कोरियाद्वारा थप दुई मिसाइल परीक्षण


१३ माघ २०७८, बिहीबार
north korea flag KXm9MYO9KH

काठमाडौं । उत्तर कोरियाले छोटो दूरीको थप दुई मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले बिहीबार दिएको जानकारीअनुसार उत्तर कोरियाले समुद्रमा उक्त दुई मिसाइल परीक्षण गरेको हो । उत्तर कोरियाले अमेरिकाबाट आफूलाई उत्पन्न जोखिमबाट बच्नको लागि भन्दै निरन्तर ब्यालेस्टिक मिसाइल परीक्षण गर्दै आइरहेको छ ।

जनवरीमा मात्र उत्तर कोरियाले गरेको यो छौटौं मिसाइल परीक्षण हो । दक्षिण कोरियाले ज्वइन्ट चिफ्स अफ स्टाफले यो मिसाइल परीक्षणको घोषणा गरेको हो । अल जाजिराका अनुसार यो मिसाइल उत्तर कोरियाको पूर्वी समुद्री सहर हामहुङबाट परीक्षण गरिएको हो ।

उक्त मिसाइल करिब ११९ किलोमिटर टाढा खसेको समाचारमा उल्लेख छ । दक्षिण कोरियाले आफूहरु उत्तर कोरियाको मिसाइल परीक्षणको विषयमा थप जानकारी हासिल गर्ने क्रममा रहेको उल्लेख गरेको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिडाले यस विषयमा विस्तृत जानकारी उपलब्ध नभए पनि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण ‘अत्यन्त खेदजनक’ रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७