२९ जिल्लाका बाढी-पहिरोपीडितलाई राहत वितरण


१३ माघ २०७८, बिहीबार
flood victim

काठमाडौं । सरकारले २९ जिल्लाका बाढी, पहिरो पीडितहरुलाई राहत सामाग्री उपलब्ध गराइएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको सहयोगमा १७ लाख अमेरिकी डलरको राहत सामाग्री वितरण गरिएको हो ।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत र रौतहट जिल्लाका पीडितलाई राहत वितरण गरिएको हो ।

यस्तै सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा पनि राहत वितरण गरिएको छ ।

राहत वितरण संयोजन गरेका सञ्जीव बस्यालले रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य रहेको बताए । एक हजार ३ सयभन्दा बढी परिवारलाई राहत वितरण भइसकेको छ । एउटा परिवारलाई २५ केजी चामल, १० केजी आटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुन, साबुन, २/३ वटा ब्लाङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७