विद्रोहीको आक्रमणमा १० पाकिस्तानी सैनिकको मृत्यु


१४ माघ २०७८, शुक्रबार
Pakistani Soldiers 20220128072712

इस्लामावाद । विद्रोहीको आक्रमणमा परेर १० पाकिस्तानी सैनिकको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तस्थित दक्षिण पश्चिमी बन्दरगाह नजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परी १० सैनिकको मृत्यु भएको हो ।

सो आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो । पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातीय समूह बलुच विद्रोहीले सो आक्रमण गरेको रोयटर्सले जनाएको छ ।

गएको मंगलबार साँझ भएको सो घटनाबारे शुक्रबार पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिस्तानी सेनाले जानकारी दिएको बताइएको छ । प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई शुक्रबार सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ । घटनाको जिम्मेवारी बलुच लिवरेसन फ्रन्टले लिएको बताइएको छ । जातीय समूह बलुचले दशकौंदेखि अलग राज्यको माग गर्दै पाकिस्तानी सरकारविरुद्ध लडिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७