बैतडीमा बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा दिन शुरु


१७ माघ २०७८, सोमबार
moderna covid 19 vaccine

बैतडी । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो ।

गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए । सबै स्थानीय तहमा खोप पठाइएको छ । गत महिना ३२ हजारभन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो ।

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ । खोप लगाउन ३२ हजार डोजको व्यवस्था गरिएको भट्टले बताए । जिल्लामा हालसम्म एक लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा तथा एक लाख ६ हजार २५२ जनाले खोपको पूणर् मात्रा लगाएका छन् । कोरोनाका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७