शेयर बजारमा साढे १४ अंकको गिरावट, पाँच अर्ब १५ करोडको कारोबार


१७ माघ २०७८, सोमबार
share market गिरावट

काठमाडौं । हिजो साताको पहिलो दिन (आइतवार) १०५ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज सोमबार ओरालो लागेको छ । नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको शेयर घटेको छ । बीमा, उत्पादन र विकास बैंकको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज २२५ वटा कम्पनीको एक करोड एक लाख कित्ता शेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एचआईडीसीएलको ५७ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको शेयर झण्डै साढे तीन प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७