झापाको जुत्ता उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


२० माघ २०७८, बिहीबार
fire

झापा । झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगरस्थित काँकडभिट्टामा रहेको जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागी भइरहेकाले विस्तृत विवरण आउन सकेको छैन । मेचीनगरको दमकल बिग्रिएकाले भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७