७० प्रतिशत वयस्क जनसंख्यालाई खोप लगाएकोमा डब्ल्यूएचओले दियो नेपाललाई बधाई


२० माघ २०७८, बिहीबार
khop card

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालले ७० प्रतिशत वयस्क जनसंख्या (१८ वर्ष माथिको उमेर समूहकालाई ) कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेको छ ।

‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ बिहीबार डब्ल्यूएचओ नेपालले ट्वीटरमार्फत् बधाई दिँदै भनेको छ ।

बुधबारसम्म नेपालमा १८ वर्ष माथिका ८६.१ प्रतिशतले एक मात्रा र ७४.४ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । त्यसैगरी कुल जनसंख्याको ५६.४ प्रतिशतले एक मात्रा र ४८.८ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् । नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७