प्रदेश-१ मा मन्त्रिमण्डल विस्तार हुँदै, मन्त्रीको संख्या डेढ दर्जन नाघ्ने


२३ माघ २०७८, आईतवार
CM Rajendra Rai

मोरङ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले छ जना मन्त्री थपेर आज (आइतबार) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
थपिएका मन्त्रीहरुको आजै प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइने छ । आज विभागीय मन्त्रीहरुसहित केही राज्यमन्त्रीको समेत सपथ ग्रहण हुने जनाइएको छ ।

गठबन्धनभित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक/एक जनाका दरले प्रदेश-१ को मन्त्रिमण्डलमा राज्यमन्त्रीहरु समेत थप हुने स्रोतले जानकारी दिएको छ । मन्त्रीहरुको संख्या भने डेढ दर्जन पुग्नसक्ने देखिएको छ ।

मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट थप तीन जना, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट दुई/दुई जना मन्त्री बन्न लागेको बताइएको छ । गठबन्धन दलहरुबीच भागवण्डा मिलाउनकै लागि मुख्यमन्त्री राईले यसअघि सात सदस्यीय मन्त्रिपरिषद्लाई बढाएर १२ सदस्यीय बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७