चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता


२३ माघ २०७८, आईतवार
xi jinping046 WpaeKQXp3W

काठमाडौं । चीनका राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् । चीनको संघीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरूसँग उनले भेटवार्ता गरेका हुन् ।

त्यसक्रममा सीले सबै राष्ट्र तथा सरकार प्रमुखहरूसँग दुई पक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदान प्रदानका बारेमा छलफल गरेका सिन्ह्वाले जनाएको छ ।

त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषय, शान्ति र स्थायित्वका बारेमा पनि उहाँहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति जिनपिङले काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्ट तोकायेभ, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि, टर्कीका राष्ट्रपति गुर्वान्गुली बेर्डीमुखामेडोभ, सर्वियाका राष्ट्रपति अलेकजेण्डर भुसिकलगायतसँग शनिबार भेटवार्ता गरेका हुन् ।
उनले अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७