कोरोनाबाट थप १३ जनाको मृत्यु, १,५७० संक्रमित थपिए


२४ माघ २०७८, सोमबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो ।

मन्त्रालयले सोही अवधिमा निको हुने संख्या भने निको हुनेभन्दा झण्डै ४ गुणा बढी रहेको जनाएको छ । अर्थात सोही अवधिमा ६,१४६ जना निको भएका छन् । योससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ ।

FK Y8SDaAAI84lh

संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७