पछिल्लो ६ महिनामा ६३ विदेशीसहित २,२४६ लागुऔषध कारोबारी पक्राउ


२६ माघ २०७८, बुधबार
lagu ausadh

काठमाडौं । चालु आर्थिक वर्ष २०७८-७९ सुरु भए यताको ६ महिनामा प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ । २०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ ।

गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् ।
पक्राउ पर्नेहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागुऔषध बरामद गरिएको गृहले जनाएको छ । -न्युज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७