१० वर्षीय बच्चाको क्रुर हत्या, किलाले आँखा समेत फुटाए


२६ माघ २०७८, बुधबार
india crime1 20220209084904

कानपुर । भारतको उत्तर प्रदेशस्थित कानपुरमा १० वर्षीय बालकको हत्या भएको छ । दुई दिनअघि बेपत्ता ती बालकको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कानपुर आएटरका एसपी अजीत कुमार सिन्हाका अनुसार बालकको शव नग्न अवस्थामा भेटिनुको साथै उनको आँखा समेत फुटाइएको छ । बच्चाको शरीरमा चुरोटको टुठोले पोलेको र घाँटीमा जुत्ताको डाम समेत रहेको उनले बताएका छन् ।

प्रहरीले ती बच्चालाई कुकर्म गरेर मारेको आशंका गरेको छ । त्यसका अलावा तन्त्र मन्त्रको सिकार समेत हुनसक्ने बताइएको छ । प्रहरीका अनुसार शव भेटिएको ठाउँमा रक्सीका बोतल र किला समेत फेला परेको छ । सोही किलाले आँखा फुटाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले ती बच्चाको पहिचान अहिले खुलाएको छैन । पोस्टमार्टमपछि घटनाबारे थप खुल्ने एसपी अजीतले आजतकसँग भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७