एमसीसीविरुद्ध सत्ता साझेदार नेकपा एस पनि सडकमा, फागुन १ देखि देशव्यापी प्रदर्शन


२६ माघ २०७८, बुधबार
nekapa samajbadi

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) निकट जनसंगठनहरुले एमसिसी सम्झौताको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । आज (बुधबार) बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले आगामी १ फागुनमा देशभर एकै पटक एमसिसीको विरोधमा प्रदर्शन गर्ने निणर्य गरेको हो ।

१ फागुनको दिउँसो २ बजे ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निणर्य गरेको गरेको मोर्चा संगठन प्रमुख डा. विजयकुमार पौडेलले जानकारी दिए । एमसीसी संशोधन विना पास गर्न नहुने पक्षमा एकीकृत समाजवादी रहेको छ ।

एमसीसीको विषय सत्ता गठबन्धनमै हलचल पैदा गरिरहेका बेला सत्तारुढ नेकपा एसले सडकमै उत्रिएर विरोध गर्न लागेको हो । फागुन २ गते संसद बैठक बस्न लागेको र त्यसमा एमसीसी टेबल गर्न प्रधानमन्त्रीले चाहेको भन्दै नेकपा एसले फागुन १ गते नै विरोध प्रदर्शन गर्न लागेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७