मोटरसाइकलबाट लडेकी महिलालाई ट्रकले किच्दा मृत्यु


२७ माघ २०७८, बिहीबार
42 Shares
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

झापा । झापाको गौरादहमा ट्रकले किच्दा एक एक महिलाको ज्यान गएको छ । बुधबार दिउँसो झापाको शिवसताक्षी नगरपालिका-१ बस्ने ५३ वर्षीया हिमादेवी दाहालको गौरादह नगरपालिका-१ मा भएको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

प्रहरीका अनुसार नन्दलाल दाहालले चलाएको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलमा सवार दाहाल अचानक लडेकी थिइन् । लड्ना साथ उनलाई मे १ ख २६९८ नम्बरको ट्रकले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हिमादेवीलाई किचेपछि ट्रक पनि बाटो छेउमा पल्टेको प्रहरीले जनाएको छ । ट्रक चालक गौरादहका ३६ वर्षीय सन्तोष अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७