यमनको हुथी विद्रोहीको आक्रमणविरुद्ध अमेरिकाले साउदीलाई सहयोग गर्ने


२७ माघ २०७८, बिहीबार
yaman

काठमाडौं । यमनी हुथी विद्रोहीको बारम्बारको ड्रोन आक्रमणबाट सताइएको साउदी अरबलाई अमेरिकाले सहयोगको आश्वासन दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमान विन अब्दुल्लाहजिज अलसाउदलाई टेलिफोन गरी हुथिको आक्रमणविरुद्ध सहयोग गर्ने आश्वासन दिएका हुन् ।

हुथी व्रिदोहीहरुले साउदी अरब र युएईका मुख्य-मुख्य क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणको गति बढाएपछि ह्वाइटहाउस सहयोगका लागि अघि सरेको हो । यमनमा झण्डै सत्ता कब्जाको चरणमा पुगिसकेका हुथी विद्रोहीलाई दबाउन सन् २०१५ मा अमेरिकी सहयोग र साउदी अबरले अगुवाई गरेको बदला लिन हुथी विद्रोहीले साउदी र खाडीका अन्य देशहरुलाई निशाना बनाउँदै आएका छन् । हुथीको आक्रमण बढेपछि अमेरिकाले साउदी र युएईमा रहेका आफ्ना नियोग र नागरिकलाई यसअघि नै सचेत रहन भनिसकेको छ ।

हुथी विद्रोहीहरुलाई इरानले सहयोग गरेको दाबी पनि गरिंदै आएको छ । खाडी देशहरुका संवेदनशील अखडाहरुमा हुथी विद्रोहीले निशाना लगाउँदै आएकोमा पछिल्लो समय ब्यापारिक कम्प्लेक्समा समेत आक्रमण गर्दा सर्वसाधारण समेत मारिन थालेका छन् । अमेरिकाले हुथीको आक्रमण निस्तेज पार्न सहयोग गर्ने आश्वासन दिए पनि त्यो कस्तो प्रकृतिको हुन्छ भन्ने खुलाइएको छैन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७