एमालेको प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षण आजबाट : ओलीले भर्चुअल उद्घाटन गर्दै

कुन प्रदेशमा कहिले र कहाँ हुन्छ प्रशिक्षण कार्यक्रम ?


२८ माघ २०७८, शुक्रबार
kp sharma oli nCAkzXpDjq

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कार्यकर्तालाई प्रशिक्षण दिने भएका छन् । शुक्रबार दिउँसो १ बजे वर्तमान परिस्थिति र स्थानीय तहको निर्वाचनको तयारीका विषयमा ओलीले भर्चुअल माध्यमबाट प्रशिक्षण मन्तव्य दिने तयारी भइरहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । फागुन १ गतेबाट प्रदेशस्तरमा हुन गइरहेको प्रशिक्षण कार्यक्रमको आज अध्यक्ष ओलीले शुभारम्भ गर्न लागेका हुन् ।

उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी हुने जनाइएको छ । पोखरेलले आइडी प्राप्त भएका सबै सहभागी प्रत्यक्षरुपमा र पार्टी सम्वद्ध सबै कार्यकर्तालाई आफूलाई अनुकूल हुने गरी अध्यक्षको विशेष सम्बोधन सुन्न महासचिव पोखरेलले निर्देशन दिएका छन् ।

एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका थिए ।

पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निणर्य गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गरेको हो। सातै प्रदेशमा हुने प्रशिक्षणको पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म रहने एमालेले जनाएको छ ।

प्रशिक्षण कहिले कहाँ ?
प्रदेश-१ : फागुन १- २, विराटनगर
मधेस प्रदेश : फागुन ३-४, जनकपुर
बागमती प्रदेश : फागुन ६-७, काठमाडौं
गण्डकी प्रदेश : फागुन ८-९, पोखरा
लुम्बिनी प्रदेश : फागुन ११-१२, बुटवल/दाङ
कर्णाली प्रदेश : फागुन १४-१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश : फागुन १६-१७, धनगढी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७