एनसेलले घटायो कल महसुल, अरु नेटवर्कमा पनि समान


२९ माघ २०७८, शनिबार
ncell viber222 p7maghZrNF

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नोसहित नेपालका अरु कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक प्रतिमिनेट १.९९ बाट घटाई १.६२ कायम गरेको छ ।

प्रिपेड ग्राहकहरूका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दरअन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ । यो परिमार्जित नयाँ महसुल दर माघ २८ देखि लागू गरिएको हो ।

नयाँ महसुल दरबाट लाभ लिन एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी सेवा निःशुल्क सञ्चालन गर्न सक्ने एनसेलले जनाएको छ । यो नयाँ महसुल दर २०७९ साउन २४ गते सम्म लागू रहने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७