उपराष्ट्रपति पुनको शपथमा जे देखियो (फोटो फिचर)
काठमाडौँ, ५ चैत : नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन् ।
समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । उनी आइतबार दोस्रो कार्यकालका लागि उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए।
फोटो फिचर :
तस्बिर : रासस