आजदेखि शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय सञ्चालन


१ फाल्गुन २०७८, आईतवार
cinema

काठमाडौं । कोभिड-१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, सिनेमा हल, रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आज (आइतबार) देखि सञ्चालन हुँदैछन् ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसानुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लब, सिनेमा हललगायत रात्रिकालीन व्यवसाय, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालन गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सीसीएमसीले सिफारिस गरेको थियो ।
खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७