प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग : यी सांसदले गरे हस्ताक्षर

महाअभियोगबारे सत्ता गठबन्धनका जसपा र जनमोर्चा अनभिज्ञ


१ फाल्गुन २०७८, आईतवार
has

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदले महाअभियोग दर्ता गराएका हुन् ।
मन्त्रिपरिषद्मा भागबण्डा खोजेकोलगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसिएसन लामो समयदेखि आन्दोलित छ ।
महाअभियोगबारे सत्ता गठबन्धनका जसपा र जनमोर्चा अनभिज्ञ
सत्ता गठबन्धनमा आबद्ध तीन दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदहरूले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । तर, सो सम्बन्धमा सत्ता गठबन्धनमा आबद्ध दुई दलले अनभिज्ञता प्रकट गरेका छन् ।
गठबन्धनका घटक जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहरूले महाअभियोगका विषयमा आफूहरूसँग छलफल नभएको बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले महाअभियोगबारे आफूलाई थाहा नभएको बताए । ‘मलाई थाहा छैन । मसँग कुरा पनि भएको छैन । के रहेछ म गठबन्धनका दलहरूसँग सोध्छु अनि बोलौंला’, उनले भने । यस्तै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि आफ्नो पार्टीसँग छलफल नभएको बताइन् । ‘हामी अहिले केन्द्रीय कार्यसमिति बैठक बसिरहेका छौं । तर, महाअभियोगसम्बन्धी हामीसँग कुनै छलफल भएको छैन, हामीलाई सोधिएको छैन’, उनले भनिन् ।

हस्ताक्षर गर्ने सांसद
कांग्रेसका जिप छिरिङ लामा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला पन्त, रंगमति शाही, सरवत आरा खानम हल्वाईनी, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेक प्रताप शाह, पद्मनारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम महतो, गगनकुमार थापा, भीमसेनदास प्रधान, देवप्रसाद तिमल्सिना, पार्वती डिसी चौधरी, राजेन्द्रकुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाश रसाइली स्नेही, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोरसिंह राठौर, शशांक कोइराला, स्मृतिनारायण चौधरी, सुजाता कोइारला, प्रमोदकुमार यादव, लक्ष्मी परियार, सञ्जयकुमार गौतम र हिरा गुरुङ।

माओवादी
अन्जना विशंखे, अमनलाल मोदी, अमृता थापा, इन्दु कुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगा बहादुर तामाङ, गजेन्द्र बहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, चाँदतारा कुमारी, चुडामणि खड्का, छक्क बहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दुर्गा कुमारी विक र दुर्गाबहादुर रावत, धर्मशीला चापागाईँ, पूणर् कुमारी सुवेदी, मातृका प्रसाद यादव, यशोदा गुरुङ सुवेदी, रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शक्ति बहादुर बस्नेत, शिवकुमार मण्डल, श्याम कुमार श्रेष्ठ, सत्या पहाडी, सन्त कुमार थारु, सुदन किराँती, सुरेन्द्र कुमार कार्की, सुरेश कुमार राई, सुरेशचन्द्र दास, हरिबोल प्रसाद गजुरेल, हरिराज अधिकारी, हित बहादुर तामाङ र हेम कुमार शर्मा

नेकपा एकीकृत समाजवादी
गोपाल बहादुर बम, कृष्णलाल महर्जन, कल्याणी कुमारी, धन बहादुर बुढा, पार्वती कुजारी विशुंखे, सोम प्रसाद पाण्डेय, कलिला खातुन, सरला कुमारी यादव, मेटमणि चौधरी, पुष्पाकुमारी कायस्थ, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, बिनादेवी बुढाथोकी, समिता हुसेन, मुकुन्द न्यौपाने, निरादेवी जैरू ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७