इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न दियो आदेश


१ फाल्गुन २०७८, आईतवार
iraq ZBA6W4AUhH

काठमाडौं । पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ ।

इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको छ । त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई पनि वार्षिक विदा लिएर घर फर्किन आदेश दिएको छ । इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो । इराकका अधिकारीहरुले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको जनाएको छ ।

यसअघि रुसले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिका, बेलायत लगायतका पश्चिमी देशहरुले पनि आफ्ना दूतावास बन्द गरेर कर्मचारीलाई स्वदेश फर्काएका छन् । तर युक्रेनमा रुसले आक्रमण गर्ने भन्ने समाचारको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने खण्डन गरेका छन् । उनले बाहिर हल्ला आए जस्तो रुसले युक्रेनमा हमला गर्ने भन्ने समाचार सत्य नरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७