३ फिट उचाइकी ३२ वर्षीया महिलाको ६ फिट अग्ला १९ वर्षीय प्रेमी


२ फाल्गुन २०७८, सोमबार
w f

काठमाडौं । ३ फिट भन्दा कम उचाइ भएकी ३२ वर्षीय महिलाले आफूभन्दा १३ वर्ष कम उमेरको युवकलाई प्रेमी बनाएपछि सामाजिक सञ्जालमा आलोचना गरिएको छ ।

अमेरिकाकी ३२ वर्षकी सेसी केसी र उनको १९ वर्षीय प्रेमी ब्लेकले अहिले आलोचना खेपिरहेका छन् । सेसी करिब २ फिट १० इञ्चकी मात्रै छिन् भने उनको प्रेमी ब्लेक ५ फिट ७ इञ्चका छन् । सेसीलाई ३२ वर्षको उमेरमा १९ वर्ष पनि पार नगरेको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै आलोचना गरिएको हो । त्यस्तै उनलाई बारमा काम गर्ने गरेको भनेर पनि आलोचना गरिएको छ ।

उता ब्लेकलाई पनि सानो उमेरमा ३२ वर्षीया महिलासँग प्रेम सम्बन्ध राखेको भनेर आलोचना गरिएको छ । तर सामाजिक सञ्जालमा आलोचित भएता पनि उनीहरु दुबै जस्तोसुकै कठिन परिस्थितिमा पनि एक-अर्काका लागि मरिमेट्छन् । उनीहरु एक-अर्कालाई धेरै माया पनि गर्छन् । ब्लेक सेसीसँग विहे गर्न पनि चाहन्छन् । उनी भन्छन्, ‘सेसी राम्रो मन भएकी महिला हुन् । उनी मलाई खुशी राख्छिन् । मलाई उनको उचाइ र कामसँग केहि फरक पर्दैन ।’ उनीहरुको भेट फेसबुकमार्फत भएको थियो । एक महिना डेटिङ गरेपछि उनीहरुले सँगै बस्ने निणर्य गरेका हुन् ।

‘डेली स्टार’ रिर्पोटका अनुसार जब सेसी जवान थिइन्, डाक्टरहरुले उनलाई कार्टिलेज – हेयर हाइपरप्लासिया भएको बताए । यो यस्तो अवस्था हो जसमा हड्डीहरुको लम्बाई बढ्दैन । जसले गर्दा उचाई बृद्धि हुदैन् । उनको उचाई सामान्य भन्दा धेरै कम छ । तरपनि उनले यसलाई आफ्नो कमजोरीको रुपमा लिएकी छैनन् । उनी आफ्नो तस्वीर र भिडियोहरुलाई इन्टाग्राममार्फत सार्वजनिक गरिरहेकी हुन्छिन् । उनको दुई लाख भन्दा बढी संख्यामा फलोअर्स छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७