गठबन्धन सरकारका कामबारे समीक्षा गर्दै कांग्रेस

महाभियोगमा दुई तिहाइ पुर्‍याउन कांग्रेसले थाल्यो गृहकार्य


३ फाल्गुन २०७८, मंगलवार
deuwa

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पाँच दलीय गठबन्धन सरकारका कामबारे समीक्षा र छलफल गर्ने भएको छ । कांग्रेसले अर्को पटक संसदीय दलको बैठक बोलाएर सरकारका कामबारे छलफल गर्ने तयारी गरेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको संसदीय दलको बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले सरकारका कामबारे छलफल गर्न बैठक बोलाइने बताएका छन् । दलको बैठकमा सहभागी सांसदहरुले सरकारका कामबारे छलफल गर्न चाहेकाले केही दिनपछि छुट्टै बैठक बोलाउने निणर्य गरिएको उनले बताए ।

‘सांसद साथीहरुले अहिले सरकारले गरिरहेका थुप्रै कामहरुबारे थप छलफल गर्न चाहनु भएको छ,’ महामन्त्री थापाले भने, ‘सरकारका कामको समीक्षा गर्न केही दिनभित्र छुट्टै अर्को बैठक राख्ने निधो गरेका छौं ।’
महाभियोगमा दुई तिहाइ पुर्‍याउन कांग्रेसले थाल्यो गृहकार्य
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गराउने गृहकार्य सुरु गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका तीन दल मिलेर दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल भएको हो ।

महामन्त्री एवं सांसद गगन थापाका अनुसार कांग्रेसले प्रस्ताव पारित गराउन आवश्यक दुईतिहाइ मत पुर्‍याउन संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग छलफल थाल्ने भएको हो । ‘महाअभियोग प्रस्तावबारे छलफल भयो । गठबन्धनमा हुनुभएका र प्रतिपक्षमा हुनुभएका साथीहरू जो यसमा सहभागी हुनुभएको छैन, संसदीय दलको तर्फबाट केही साथीहरू पठाएर छलफल गर्ने बैठकबाट टुंगो लगाएका छौं’, थापाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७