एमसीसी पास भए देश गृहयुद्धमा जानसक्छ : सीपी गजुरेल


६ फाल्गुन २०७८, शुक्रबार
cp gajurel

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले अमेरिकी सहयोग परियोजना एमसीसी पास भए देश गृहयुद्धमा जानसक्ने बताएका छन् । आज (शुक्रबार) एमसीसीको विपक्षमा रहेका विभिन्न पार्टी तथा भातृ संगठनहरुले काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा बोल्दै अध्यक्ष गुजरेलले एमसीसी संसदबाट पास भए राष्ट्रिय युद्धको खतरा रहेको बताएका हुन् ।

उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग मिलेर एमसीसी पास गराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउँदै एमसीसी पास भएमा देशमा विकराल अवस्था सिर्जना हुने दाबी गरे । अध्यक्ष गजुरेलले कतिपयले एमसीसीलाई ५० करोड डलरमा मात्रै सीमित गरिरहेको भन्दै युद्धलाई पैसाले रोक्न नसकिने जिकिर गरे । उनले प्रधानसेनापतिले पूर्वमा गएर देश विदेशीको हातमा सुम्पिए नेपाली सेना चुप लागेर नबस्ने बताएको भन्दै नेपालको राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप भयो भने राष्ट्रिय युद्ध हुनसक्ने बताए ।

अध्यक्ष गजुरेलले अहिले देश गम्भीर मोडमा रहेको बताए । उनले अमेरिकी सरकारद्वारा प्रोयोजित रुपमा दिएको एमसीसी पास गर्न अमेरिकाले दबाब दिइरहेको समेत आरोप लगाए । अध्यक्ष गजुरेलले देशलाई संकटबाट बचाउन नयाँ तरिकाबाट अघि बढ्न आवश्यक रहेको बताउँदै लाखौं जनता, देशभक्त, क्रान्तिकारीहरु एमसीसी सम्झौता खोरेजीको पक्षमा रहेको दाबी गरे ।

त्यस्तै उनले शासक वर्गहरुले कुनै पनि बेला राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सक्ने शंका व्यक्त गर्न सक्ने भएकोले अझै सशक्त भएर आन्दोलन गर्न आह्वान गरे । अध्यक्ष गजुरेलले एमसीसी पारित भए अमेरिकी सेनालाई, अमेरिकी सरकारलाई नेपालबाट लखेट्न गाह्रो हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७