एमसीसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय


९ फाल्गुन २०७८, सोमबार
Madhav jhalanath1

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

‘संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं । विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौं र वातावरण तयार गर्नेछौं । बैठक भोलि पनि बस्छ’, उनले भने । उनकाअनुसार सचिवालय बैठक भोलि पनि बस्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७