एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्छ : उपराष्ट्रपति पुन


९ फाल्गुन २०७८, सोमबार
nanda bahadur pun

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताको सम्बन्धमा राष्ट्रिय सहमतीमा मात्र अगाडि बढाउनु पर्ने बताएका छन् ।

सोमवार अन्तर्राष्ट्रिय मातृभाषा – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस – २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमती आवश्यक रहेको धारणा राखेका हुन् ।

उनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमती हुँदा राम्रो हुने बताए । राष्ट्रिय सहमति नभएको अवस्थामा राजनीतिक द्वन्दको खतरा हुने उनले उल्ल्लेख गरे ।
उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उनको भनाई छ । भाषा आयोगले सिफारिस गरे अनुसार सम्बन्धित प्रदेशहरुमा मातृभाषामा सेवा दिन ढिलाई नगर्न उनले ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले मातृभाषाको लोप भएमा नेपालको मौलिक संस्कृति लोप हुने भएकाले मातृ भाषाको संरक्षण र सम्र्वद्धन गर्नुपर्ने बताए । मातृभाषाको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको भएको उनले स्पष्ट पारे । स्थानीय तहले मातृभाषामा पठनपाठनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७