नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो


११ फाल्गुन २०७८, बुधबार
IPO

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन खुलेको छ । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । जारी पुँजी ( २५ करोड ५० लाख)को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७